हेटौंडा, हेटौंडा १३ बनस्पतिमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको बागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले उद्घाटन् गरेका हुन् । कार्यक्रममा बोल्दै उनले नेपालको बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक समाजको महत्त्व र यसको समग्र विकासको आवश्यकतामाथि जोड दिए।
असोज ५ गतेसम्म हुने महायज्ञमा हेटौंडा उपमहानगरपालिका वडा नं. १३ मा अवस्थित श्री कालेश्वर महादेव मन्दिरको पूर्ण संरचना र अक्षयकोष स्थापनाका एवम् बुद्ध मूर्ति निर्माणका लागि प्रख्यात कथा वाचक पण्डित कपिलदेव भट्ट तथा उप९वाचक पण्डित डेगनाथ ढकालले कथा वाचन गर्नुहुनेछ । कार्यक्रमा सम्पूर्ण दिवंगत आत्माहरुको बैकुण्ठ बासहोस् भन्दै पितृ उद्धार गर्ने उद्देश्यले कथा वाचन, पाठपरायण तथा राष्ट्रिय स्तरका कलाकारहरुबाट भजन कीर्तन, संगीतमय देवलिला झाँकी नाटक सहितको कार्यक्रम हुने भएको मुल आयोजक समारोका संयोजक सन्तबहादुर तितुङले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख ललित घलान, वडा समन्वय समितिका संयोजक बालकुमार श्रेष्ठ, समितिका कोषाध्यक्ष कृष्ण प्रसाद दाहाल, वसन्त लामा, बिन्दबासिनी टोलबिकास संस्थाका अध्यक्ष रत्नबहादुर केसी, सहारा टोलबिकास सस्थाका अध्यक्ष अशोककुमार डिमडुङ, मन्दीर ब्यबस्थापन समितिका अध्यक्ष शेर बहादुर भ्लोन लगायत सहभागिता रहेको थियो ।







