माघ ९ गतेबाट हेटौंडामा एक महिना खेलकुद महोत्सव

हेटौंडा, यही माघ ९ गतेदेखि फाल्गुन १७ गतेसम्म हेटौंडामा एक महिने खेलकुद महोत्सव हुने भएको छ । शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को व्यवस्थापन तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को आयोजनामा दोस्रो खेलकुद महोत्सव हुन लागेको हो । आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक वडा नम्वर ४ ले खेलकुद महोत्सवको बारेमा जानकारी दिईएको हो ।

ADVERTISEMENT

विद्यालयबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालयलाई ‘फोकस’ गरी कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष नवीन सिग्देलले बताए । एक महिनासम्म सञ्चालन हुने महोत्सवमा वडा स्तरीय, नगर स्तरीय र जिल्ला स्तरीय गरी २६ वटा खेलकुदका क्रियाकलापहरु वडास्तरबाट सञ्चालन हुने उनले बताए । माघ ९ गते नवोदय माविमा हाजिरी जवाफ प्रतियोगिता, माघ १३ गते आधुनिक माविमा वक्तृत्वकला प्रतियोगिता, माघ १४ गते सत्यम जेभियर्स माविमा वादविवाद प्रतियोगिता, माघ १५ गते श्रमिक माविमा नेपाली हिज्जे प्रतियोगिता र स्लो स्कुटी प्रतियोगिता, माघ २४ गते ब्रम्हदिक माविमा कविता प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

त्यस्तै माघ २५ गते भुटनदेवि माविमा निबन्ध लेखन प्रतियोगिता, फाल्गुन २ गते विभिन्न दौड प्रतियोगिता, फाल्गुन ३ गते आधुनिक माविमा नगर स्तरीय भलिबल प्रतियोगिता, सोही दिन श्रमिक माविमा नगर स्तरीय फुटबल प्रतियोगिता र नगर स्तरीय क्रीकेट प्रतियोगिता, फाल्गुन ५ गते सत्यम स्कुलमा अफ वार प्रतियोगिता, सोही दिन नवोदय स्कुलमा नगर स्तरिय बास्केटबल प्रतियोगिता, र फाल्गुन १६ र १७ गते शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता आयोजना हुने छ ।

ADVERTISEMENT

माघ १५ गते शहीद दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको व्यवस्थापन र वडा कार्यालयको आयोजनामा शिक्षकहरुको दौड प्रतियोगिता र महिला शिक्षकलाई लक्षित गरी स्लो स्कुटी रेस हुने छ । विजेताहरुलाई फाल्गुन ७ गते प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गरिने छ । पत्रकार सम्मेलनमा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडाका अध्यक्ष श्रीराम दहाल, हेटौंडा–४ नम्वर वडा सदस्य गिता त्रिपाठी, वडा सचिव पुष्पराज पौडेललगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *