होली शान्तिपूर्ण रुपमा मनाउन प्रशासनको आग्रह

हेटौँडा, जिल्ला प्रशासन कार्यालय मकवानपुरले यहि २९ गते परेको रंगहरुको पर्व होली शान्तिपूर्ण र अनुशासित भएर मनाउन आग्रह गरेको छ । कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै होली पर्व सामाजिक सद्भाव र भाइचारा कायम राख्दै मनाउन आग्रह गरेकोे हो ।

ADVERTISEMENT

सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेंलद्वारा हस्ताक्षरीत सूचनामा होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरिएको छ । सूचनामा आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न र होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न चेतावनी दिइएको छ ।

सूचनामा होली पर्वको अवसरमा विभिन्न खर्चिला र भड्किला कार्यक्रमका कारण सार्वजनिक स्थलहरूमा अशान्ति र विवाद उत्पन्न हुने गरेको भन्दै पर्वको नाममा कसैले सार्वजनिक स्थानमा होहल्ला, झगडा वा अनावश्यक गतिविधि गर्ने, पानीको बेलुन वा लोला हान्ने, जबरजस्ति रंग दल्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता गतिविधिहरू नगर्न भनिएको छ ।

आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार र स्वतन्त्रता संकुचित नगर्ने तवरले होली पर्वलाई मर्यादित र व्यवस्थित रूपमा आग्रह गर्दै कुनै व्यक्तिले प्रशासनको सूचनालाई अटेर गरी अमर्यादित, उच्छृङ्खल, अवाञ्छित र गैरकानूनी क्रियाकलाप गरेमा उक्त कार्यलाई कानूनी कारबाहीको दायरामा ल्याइने चेतावनी पनि दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya