भेट्रान्स उपाधीको लागि पूर्वेली र फ्रिडम फाइर्टर भिड्ने

हेटौंडा, रोटरी क्लव अफ मकवानपुरको आयोजनामा हेटौंडामा जारी तेस्रो राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधीको लागि पूर्वेली भेट्रान्स क्लब झापा र फ्रिडम फाइटर भेट्रान्स काठमाडौबीच हुने भएको छ ।

ADVERTISEMENT

आज भएको सेमिफाइनल खेलमा सर्लाहीको हरिवन भेट्रान्सलाई १०–० गोल अन्तरले पराजित गर्दै फ्रिडम फाइटर भेट्रान्स काठमाडौं फाइनल प्रवेश गरेको हो । फ्रिडमको लागि विकर्ण श्रेष्ठले ४ गोल, निलेन्द्र देवालने ३ गोल, राजु तामाङ्, कृष्ण मालाकार र राजकुमार घिसिङले १/१ गोल गरे । खेलको म्यान अफ द म्याच विकर्ण श्रेष्ठ घोषित भए ।

यसैगरी नव जनजागृति भेट्रान्स सिमरालाई १–० गोल अन्तरले पराजित गर्दै पूर्वेली भेट्रान्स फाइनल प्रवेश गरेको थियो । प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको विधागत उत्कृष्टलाई समेत पुरस्कारको व्यवस्था रहेको छ । रोटरी क्लव अफ मकवानपुरको आयोजना, पिप्ले युवा क्लबको सहआयोजना एवम् रोट¥याक्ट क्लव अफ मकवानपुरको समन्वयमा तेस्रो संस्करणको भेट्रान्स फुटबलको आयोजना भईरहेको हो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *