हेटौंडा क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण

हेटौंडा, रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २६ औं स्थापना दिवसको अवसरमा हेटौंडा क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच असल हाइजिन प्रोडक्ट्स प्रालि र निको अस्पताल प्रालिको सहयोगमा हेटौंडा क्याम्पसलाई ३० हजार रुपैयाँ बराबरको सेनेटरी प्याड हस्तान्तरण गरिएको हो ।

ADVERTISEMENT

९० प्रतिशत छात्रा अध्ययनरत हेटौंडा क्याम्पसमा विद्यार्थीको सहजताको लागि सेनेटरी प्याड हस्तान्तरण गरिएको रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए । हेटौंडा क्याम्पसका अध्यक्ष समेत रहेका रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा क्याम्पस प्रमुख देवीराम लामाको प्रमुख आतिथ्यता रहेको थियो । अधिकांश छात्रा अध्ययनरत क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण गर्न पाउँदा खुसी लागेको पराजुलीले बताए ।

सामुदायिक रेडियोको धर्म निर्वाह गरिरहेको जानकारी दिँदै उनले आगामी दिनमा पनि सहयोग अभियानलाई जारी राख्ने बताए । अध्यक्ष पराजुलीले सहयोगी संस्था असल हाइजिन प्रोडक्ट्स प्रालि र निको अस्पताल प्रालिलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा व्यक्त गरे । क्याम्पस प्रमुख लामाले सहयोगलाई सदुपयोग गर्दै छात्राहरुको सहजतामा प्रयोग हुने बताए । कार्यक्रममा असल हाइजिन प्रोडक्ट्स प्रालिका सन्चालक वासुदेव तिमल्सिना, हेटौंडा क्याम्पस प्राध्यापक संघ अध्यक्ष भुपेन्द्र कोइराला, स्ववियु सदस्य गणेश तिमल्सिना लगायतले हेटौंडा क्याम्पसमा सहयोग गरेकोमा आभार व्यक्त गरे ।

ADVERTISEMENT

कार्यक्रममा पूर्व क्याम्पस प्रमुख देवचन्द्र मानन्धर, सहायक क्याम्पस प्रमुख बालकृष्ण शर्मा र रामु कंडेल, प्राध्यापक मनोज पोखरेल, हेटौंडा ६ नम्बर वडा सदस्य विजय पौडेल, दिव्यतारा सहकारीका सह–व्यवस्थापक ईश्वरी शिल्पाकार, स्ववियु सभापति अभी मैनाली लगायतको आतिथ्यता थियो । वार्षिकोत्सव अन्तर्गत १८ गते ओम बृद्धाश्रमलाई खाद्यान्न सहयोग, १९ र २० गते रेडियो मकवानपुर कप मिडियास्तरीय फुटसल प्रतियोगिता, २० गते मनहरी गाउँपालिका ५ मा निःशुल्क स्वास्थ्य शिविर, २१ गते बालमैत्री नगर निर्माणमा सरोकारवालाको भूमिका विषयक वक्तृत्वकला र २२ गते समापन कार्यक्रम हुनेछ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya