नमूना प्रगति सहकारीको शेयर पूँजी २ करोड ८५ लाख रुपैयाँ

हेटौंडा, हेटौंडा–२ मा रहेको नमुना प्रगति बचत तथा ऋण सहकारी संस्थाको शेयुर पुँजी २ करोड ८५ लाख ६३ हजार २ सय रुपैयाँ रहेको छ । २ हजार ५ सय ९२ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पुँजी २ करोड ८५ लाख रुपैयाँ रहेको विहीबार आयोजित सहकारीको २४ औँ वार्षिक साधारणसभाको प्रतिवेदन उल्लेख गरिएको छ ।

ADVERTISEMENT

सहकारीले आव २०८०/०८१ मा ४२ करोड ४ लाख ५६ हजार ८९४ रुपैयाँको कुल कारोबार गरेको छ । संस्थाका अध्यक्ष मिठाराम दाहालको सभाध्यक्षता तथा बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा सभा भएको थियोे । संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दाहालले सहकारीमा ३२ करोड ८२ लाख ४५ हजार ४०४ रुपैयाँ बचत निक्षेप रहनुका साथै जगेडा कोषमा ३ करोड २९ लाख ७४ हजार ४२९ रकम रहेको बताए । उनले चालू आव २०८१/०८२ मा ४८ करोडको कारोबार गर्ने लक्ष्य रहेको समेत बताए ।

सभामा सहकारीले विभिन्न विधामा सदस्यलाई सम्मान तथा पुरस्कृत गरेको थियो । सहकारीले जेष्ठ सदस्यतर्फ हरिप्रसाद सिग्देल र गोमादेवी भण्डारी, उत्कृष्ट बचतकर्तातर्फ मीनबहादुर प्रधान, प्रतिभा लम्साललाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट ऋणी (धितो सुरक्षण) चिन्तालक्ष्मी अधिकारी, शर्मिला थापा, विष्णुप्रसाद पराजुली र वीरबहादुर न्यासुर, उत्कृष्ट व्यवसायी ९पशुपालन० तर्फ सीताराम तिमल्सिना र उत्कृष्ट बाल बचतकर्तातर्फ अनुष्मा रिमाल र श्रृयाश्री खतिवडालाई सम्मान गरिएको थियो । सभाकै अवसरमा सहकारीले एसईइ परीक्षामा उत्कृष्ट जिपिए ल्याउने सामुदायिक विद्यालयतर्फका प्रसन्न चौलागाई, निजी विद्यालयतर्फका स्पन्दन दाहाल र प्रतिष्ठा कार्कीलाई र प्लस टु परीक्षामा उत्कृष्ट हुने निश्चित घिमिरे र पुर्णिमा सञ्जेललाई पुरस्कृत गरिएको थियो । त्यस्तै स्नातकतर्फका आदर्श लामिछाने, विपना चौलागाई, प्रमिसा पौडेल, प्रमिस पौडेल र सुस्मिता तिमल्सिनालाई र स्नातकोत्तरतर्फका आश्मा शर्मा पौडेललाइ पुरस्कृत गरिएको थियो । सहकारीले उत्कृष्ट कर्मचारीको रुपमा ऋण संयोजक लेखनाथ लम्साललाई सम्मान गरेको थियो भने सञ्चारकर्मी तर्फ समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठलाई सम्मान गरिएको थियो ।

सभामा संस्थाका उपाध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक बद्रीप्रसाद लम्साल, प्रदेश सहकारी वोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, निवर्तमान राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका सदस्य विदुर हुमागाई, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका उपाध्यक्ष मीनाकुमारी चौरेल, बकैया गाउँपालिका वडा ५ का वडाअध्यक्ष लक्ष्मी जिम्बा, हेटौंडा उपमहानगरका उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष हरिप्रसाद कंडेल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी सङ्घका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, संस्थाका सल्लाहकारहरु उद्धवप्रसाद दाहाल र सुर्यचन्द्र न्यौपाने, हातेमालो साकोसका अध्यक्ष हरिप्रसाद पौडेल, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका सचिव इश्वर पण्डित, लेखा समिति संयोजक तेजप्रसाद रुपाखेतीलगायतको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *