‘मानव अधिकारको सवालप्रति गम्भीर हुन आवश्यक’

हेटौंडा, बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मानव अधिकारको सवालप्रति गम्भीर हुन आवश्यक रहेको बताएका छन । राष्ट्रिय मानव अधिकार आयोगको २३ औं स्थापना दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले क्षेत्राधिकार भित्र रहेर मानव अधिकारका विषयमा गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए ।

ADVERTISEMENT

उनले प्रदेशको भूगोल, जनजाति, भाषा, धर्म संस्कृति धेरै रहेकोले अधिकारका काम गर्न सहज नभएको बताउँदै समावेशी रुपमा काम गर्न नीति र आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा समस्या रहेको जम्कट्टलले बताए । सरकार र सरकारी निकाय चनाखो हुनुपर्छ, नैसर्गिक अधिकार हनन भइरहेको छ कि भनेर सोचेर काम गर्नुपर्छ, मुख्यमन्त्री जम्कट्टेलले भने । हामी सबै मानव अधिकार मैत्री बन्नुपर्छ र संरक्षण गरेर अन्तरविरोधि हुने खालको कामहरुको अन्त्य गर्न लागिपर्ने जोड दिएका थिए ।

आयोगको प्रदेश कार्यालय प्रमुख यज्ञ प्रसाद अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द प्रसाद निरौला, जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष अप्सरा बस्नेत, गैसस महासंघका अध्यक्ष रमिला सापकोटा, पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *