वादविवाद प्रतियोगितामा उत्कृष्ट तीन घोषित

हेटौंडा, प्याव्सन नगर कमिटी हेटौंडाले आयोजना गरेको वादविवाद प्रतियोगितामा उत्कृष्ट तीन घोषित भएका छन् । शुक्रबार भएको वादविवाद प्रतियोगितामा कृष्ण आदर्श बोडिङ स्कूलका श्रेया पराजुली, नवोदय शिशु सदन विद्यालयका दर्शना सापकोटा र जिएस निकेतन विद्यालयका आदर्श पौडेल उत्कृष्ट घोषित भए ।

यसैगरी जेम्स माध्यमिक विद्यालयका रिभिसन हुमागाई र सनराइज बोर्डिङका विजय तामाङ सान्त्वना भएका थिए । प्रतियोगितामा उत्कृष्ट भएकालाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्याव्सन नगर कमिटीका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगितामा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने र सचिव डी.बी. बर्तौलाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्याव्सन नगर कमिटी सचिव श्यामकुमार बानियाँले कार्यक्रममाथि प्रकाश पारेका थिए ।प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button