लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ मकवानपुरको अधिबेशन सम्पन्न

हेटौंडा, कांग्रेसनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ मकवानपुरको प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको छ । आदिवासी जनजाती महासंघ मकवानपुरका तदर्थ समिति अध्यक्ष पदम तितुङको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यता मंगलबार मनहरीमा भएको हो ।

ADVERTISEMENT

अधिबेशनलाई सम्बोधन गर्दै सभापति बानियाँले नेपाली कांग्रेस पार्टीसँग आस्था राख्ने सम्पूर्ण व्यक्तिहरुलाई नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ एक उत्कृष्ट स्थान भएकाले पार्टी सङ्गठनलाई बलियो बनाउन सबै एकताबद्ध भएर पार्टीका भातृ एवम् शुभेच्छुक सङ्गठनहरू बलियो र क्रियाशील हुन जरुरी रहेको बताए । नेपाली कांग्रेसले आदिवासी जनजातीहरुको पहिचानको रक्षा गर्दै आदिवासी जनजातीलाई एक गर्न नेपाली कांग्रेस लागि परेको बताउँदै नेता बानियाँले विभिन्न जाती, भाषा, धर्म र वर्गका लाखौं आदिवासीलाई एउटै संगठनमा आवद्ध गर्न कांग्रेस सफल भएको बताए । कार्यक्रममा कांग्रेस मकवानपुरका अध्यक्ष बुद्ध लामा, बागमती प्रदेश सदस्य चम्फुरत्न लामा, जिल्ला प्रवक्ता अर्जुन चौलागाईं, संघीय सभापतिद्वय दामोदर खनाल र लोक मुक्तान, प्रतिनिधिसभा १ ख का सभापति रञ्जन कालाखेती, पूर्व राज्यमन्त्री सन्त चेपाङ, महासमिति सदस्यद्वय भरत लामा र राजेश भेटवाल, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, हेटौंडा नगर उपसभापति डोल्मा स्याङ्बो, जनजाती महासंघकी केन्द्रीय सदस्य लक्ष्मी थिङ, जिल्ला उपाध्यक्ष कविता श्रेष्ठ, नेविसंघ केन्द्रीय सदस्य मिलन पुडासैनी, मनहरी ७ का वडा अध्यक्ष ठाकुर तितुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ मकवानपुर जिल्लाको प्रथम अधिवेशनबाट दोस्रो कार्यकालका लागि सर्वसहमतिले पुनः पदमबहादुर तितुङको नेतृत्वमा मकवानपुर जिल्ला कार्यसमिति गठन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *