सफाई सभ्यताको पहिचान: अध्यक्ष श्रेष्ठ

थाहानगर /थाहा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राजेन्द्र भक्त श्रेष्ठले सफाइ सभ्यताको पहिचान भएको र सरसफाई मानव जीवनको अपरिहार्य अंश रहेको बताएका छन् ।

ADVERTISEMENT

“आफ्नो ठाउँ आफै सफा गरौँ” भन्ने नाराका साथ बज्रबाराही बजार व्यवस्थापन समिति, थाहा नगरपालिका वडा नं. ६ को कार्यालय तथा लभग्रीन नेपालको संयुक्त आयोजनामा शनिबार आयोजना गरिएको सरसफाई कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले आफ्नो ठाउँ आफैले सफा गर्नुपर्ने र सरसफाई तथा सचेतनाका विविध कार्यक्रमहरु नगरको टोल टोलमा हुनुपर्ने बताए। कार्यक्रममा बोल्दै श्रेष्ठले यस्ता कार्यक्रमहरु टोल–टोलमा संचालन हुनुपर्ने र उक्त कार्यक्रमको लागि बजार ब्यबस्थापन समिति तथा सम्बन्धि संघ संस्थाहरु निरन्तर लागिपर्नु पर्ने भन्दै वडा कार्यालयले यस्ता गतिविधिमा आवश्यक सहयोग समेत निरन्तर गरिहिरहने बताए । आज संयुक्त रुपमा आयोजना गरिएको सरसफाई तथा सचेतना कार्यक्रममा थाहा नगरपालिका वडा नं. ६ बज्रबाराहीका विभिन्न धार्मिक तथा बजार क्षेत्र सरसफाइ गरिएको छ ।

कार्यक्रममा वडा नं. ६ बज्रबाराही स्थित मन्दिर परिसर, नन्दीकेश्वर, पशुपति, गणेश स्थानको साथै सरस्वती बजार क्षेत्र सरसफाइ गरिएको हो । कार्यक्रममा इअन इंग्लिस एकेडेमी, सरस्वती इंग्लिस बोर्डिङका विद्यार्थीहरु, सुनौला माविका स्काउट ट्रुपसंगैै स्थानीयको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रममा अस्थायी प्रहरी चौकीका प्रहरी, चनबन ब्यारेकका सह सेनानी मदन श्रेष्ठको कमाण्डमा ४५ जवान सेनाको समेत सहभागिता रहेको थियो । कार्यक्रम बजार ब्यबस्थापन समितिका अध्यक्ष राजभाइ श्रेष्ठको सभाध्यक्षमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *