पञ्चरत्नको आठौँ साधारण सभा सम्पन्न

हेटौंडा, हेटौंडा २ मा रहेको पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाको शनिबार ८ औँ वार्षिक साधारण सभा भएको छ। संस्थाका अध्यक्ष भोजमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यता रहेको थियो ।

संस्थाका अध्यक्ष भोजमान श्रेष्ठले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष पूर्ण भद्र चौलागाईले आर्थिक प्रतिवेदन, लेखा संयोजक चन्द्रवती पनेरुले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव गोपीराम बञ्जाराले प्रगति प्रतिवेदन र ऋण उप समिति संयोजक दिक्पाल तिमल्सिनाले ऋण उप समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। सहकारीले आर्थिक २०८०/८१ मा ९ करोड ८० लाख ६६ हजार ७५२ रुपैयाँको कुल कारोबार गरेको छ । सभामा प्रस्तुत प्रतिवेदन अनुरुप शेयरपुजीँ एक करोड ६० लाख ५४ हजार ६ सय, जगेडा कोष ९८ लाख ६ हजार ४८६ रुपैयाँ रहेको छ ।

सहकारीले सदस्यलाई पाँच करोड ३२ लाख १८ हजार ५८२ रुपैयाँ कर्जा लगानी गरिएको संस्थाका व्यवस्थापक विश्वराज अर्यालले बताए।सहकारीले सभाको अवसरमा विभिन्न विधामा सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीले जेष्ठ सदस्यतर्फ गौरीप्रसाद उपाध्याय र लक्ष्मीदेवी शाक्य, असल ऋणीतर्फ सत्यमान श्रेष्ठ र श्रृजना श्रेष्ठलाई सम्मान गरेको छ भने नियमित बचततर्फ रमेशमोहन अधिकारी र एककुमारी भुजेललाई सम्मान गरिएको थियो । सभामा एसईईमा उत्कृष्ट अंक ल्याउने एलिजा बन्जारा, प्रतिष्ठा कार्की र सुदीन दाहाललाई पुरस्कृत गरिएको थियो।सहकारीले कर्मचारीतर्फ वरिष्ठ सहायक राममाया गुरुङ र बजारप्रतिनिधि सावित्री कुमारी नेपाल, पत्रकार सुनील शिवाकोटीलाई नगद सहित सम्मान गरिएको थियो ।

Advertisement 3

कार्यक्रममा हेटौंडा उपमहानगरका उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक सदस्य हिमाल पौडेल, नेफ्स्कुन फिल्ड उपसमिति सदस्य राजेन्द्रप्रसाद पौडेल, युसेस साकोसका उपाध्यक्ष ह्याग्रीव आचार्य, टिपिकल साकोसका अध्यक्ष अजय अग्रवाल, राष्ट्रिय सहकारी बैंकका समीर श्रेष्ठ, लेखा समिति संयोजक चन्द्रावति पनेरु, ओम आरोग्य सहकारीका विके महर्जन, अधिवक्ता अज्मीर केसी लगायतको आतिथ्यता रहेको थियो ।संस्थामा १ हजार २ सय सेयर सदस्य आवद्व रहेको कोषाध्यक्ष पूर्ण भद्र चौलागाईले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *