भदौ ३० गते रेडियो मकवानपुरको जागरुक महिला सम्मान

हेटौंडा, हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जले महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा यस वर्ष पनि जागरुक महिला सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियोले स्थापनाकालदेखि नै तीजको अवसरमा जागरुक महिला सम्मान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

ADVERTISEMENT

भदौ ३० गते शनिबार हेटौंडा ५ स्थित जय गणेश पार्टी प्यालेसमा लक्की ज्वेलर्ससँगको सहकार्यमा तीज विशेष कार्यक्रमको आयोजना गर्न लागिएको रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए । उनका अनुसार विशेष सांस्कृतिक कार्यक्रमकाबीच दुई महिलालाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरिनेछ । रेडियो मकवानपुरका संरक्षक नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष पराजुलीले बताए । रेडियोले स्थापनाकाल देखि नै तीजको अवसरमा दुईजना महिलालाई जागरुक महिला सम्मान र वार्षिकोत्सवको अवसरमा दुईजनालाई सामुदायिक सम्मान प्रदान गर्दै आएको छ ।

शनिबार हुने कार्यक्रमा उपस्थितीका लागि रेडियो मकवानपुरले सम्पूर्ण स्रोता, विज्ञापनदाता लगायतलाई अनुरोध समेत गरेको छ । लक्की ज्वेलर्स हेटौंडाका सञ्चालक अनिकेत ठाकुरले यसअघिका वर्षहरुमा झैं यस वर्ष पनि रेडियो मकवानपुरसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमका उपस्थितीका लागि आफ्ना ग्राहकसहित सम्पूर्णलाई अनुरोध गरे । कार्यक्रममा सहभागी तीनजना महिलाले लक्की ज्वेलर्सको तर्फबाट लक्की ड्रमार्फत सुनचाँदीका गरगहना समेत पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya