भलिबल उपाधीका लागि आर्मी र सशस्त्र भिड्ने

हेटौंडा, हेटौंडामा जारी खुल्ला भलिबल प्रतियोगिताको उपाधीको लागि नेपाल आर्मी र सशस्त्र प्रहरी भिड्ने भएको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिसलाई ३–१ को सेटले पराजित गर्दै नेपाल आर्मी फाइनल प्रवेश गरेको हो ।पहिलो सेट २५–१९ ले पराजित गरेको नेपाल आर्मीले दोस्रो सेट २३–२५ ले गुमाउन पुग्यो ।

ADVERTISEMENT

तेस्रो सेट २५–१३ र चौथो सेट २५–१५ ले नेपाल पुलिसलाई पराजित गर्दै नेपाल आर्मी फाइनल प्रवेश गरेको हो । नेपाल आर्मीका सरोज चौधरी म्यान अफ द म्याच घोषित भए । शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीले गण्डकी प्रदेशले ३–२ को सेटले पराजित गर्न सफल भयो ।

सुरुको सेट १८–२५ र १५–२५ ले पराजित बनेको सशस्त्र प्रहरीले तेस्रो सेटमा कम ब्याक गर्दै फाइनल प्रवेश गरेको हो । तेस्रो सेट गण्डकी प्रदेशलाई २५–१९, २५–२३ र १५–१० ले पराजित गर्दै सशस्त्र प्रहरी फाइनल प्रवेश गरेको हो । प्रतियोगिताको म्यान अफ द म्याच सशस्त्र प्रहरीका सुवास कुँवर घोषित भए ।

स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबलको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल शनिबार विहान ७ बजे हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमश ः नगद २ लाख र नगद १ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *