हरपुर क्रिकेट प्रतियोगिताबाट मकवानपुर बाहिरियो

हेटौंडा, लगातार दुई खेलमा पराजित भएसँगै मकवानपुर क्रिकेट क्लव जितपुर सिमरामा जारी टि २० हरपुर क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । सोमबार गरुडा क्रिकेट क्लवसँग १ विकेट र आइतबार कलैया क्रिकेटसँग ६ विकेटले पराजित भएसँगै मकवानपुर प्रतियोगिताबाट बाहिरिएको हो ।

ADVERTISEMENT

सोमबार टस जितेर ब्याटिङ रोजेको मकवानपुरले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १५० रन बनायो । मकवानपुरका शुभ कंसाकारले ७६ रन, रामनरेश गिरीले २४ रन, कप्तान सुमन सुनारले १५ रन बाहेक अरु खेलाडीले दोहोरो अंक जोड्न सकेन । गरुडाका डब्लु मल्लिक, अभिराज यादवले समान २ विकेट र दिनेश अधिकारी, रुपेश सिंह, सुन्य शाहले समान १ विकेट हात पारे ।

जवाफी ब्याटिङको लागि मैदान उत्रेको गरुडा १९ दशमलव ३ ओभरमा ९ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । गरुडाका दिनेश अधिकारी ४६ रन, नितेश यादव नटआउट २९ रन, रुपेश सिंह २० रन जोड्न सफल भए । मकवानपुरका रामनरेश गिरी र रोहित ठाकुरले समान ३ विकेट लिए भने पियूश शर्मा, विशाल फुयाँल र अशिम श्रेष्ठले समान १ विकेट हात पारे ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *