लागूऔषधसहित एक जना पक्राउ

हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाँउपालिका वडा नं. ८ बस्ने वर्ष ३४ को शंकर तितुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरक्षिक ठाकुरप्रसाद सापकोटाले जनाएको छ ।

ADVERTISEMENT

प्रहरी निरीक्षक सापकोटाका अनुसार, उनलाई मंगलबार प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

विरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ८१८१ नम्वरको यात्रुबाहक बस रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार तितुङको साथबाट लाऔषध ओनरेक्स १०० एम।एल।को १५ बोतल बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई लागूऔषध कसुर मुद्धामा १५ दिनको म्याद थप अनुमती लिई कानूनी प्रकृया अगाडि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya