गाडीको ठक्करबाट हेटौंडामा महिलाको मृत्यु

हेटौंडा, पूर्व–पश्चिम सडकखण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा गाडीले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

ADVERTISEMENT

बुधबार बिहान नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१च ६९४३ नंको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएको थियो। लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

ADVERTISEMENT

महिलाको शव हाल अस्पतालमै राखिएको छ। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya