धर्मले मानिसलाई अनुशासित बनाउँछः अध्यक्ष मुक्तान

कैलाश, मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले धर्मले मानिसलाई अनुशासित बनाउने बताएका छन् । बुधबार साँझ कैलाश ९ नामटारमा सञ्चालित श्रीस्यार्से कालिका मन्दिर जात्रालाई उद्घाटन गर्दै उनले धर्म कला संस्कृतिले मानिसमा अनुशासन पैदा हुने बताएका हुन् । मानिसमा नकरात्मक उर्जा भन्दा सकरात्मक उर्जा बढी दिने गर्दछ । सोही अनुरुप ऐतिहासिक शक्तिपीठको रुपमा रहेको स्यार्सेकालिका मन्दिर परिसरमा लागेको मेला जात्राले मानिसहरुमा एकता, सहित्णुता भातृत्व कायम राख्दछ ।

ADVERTISEMENT

०५० को बाढीले तहसनहस भएको उक्त क्षेत्र विस्तारै विभिन्न संरचना निर्माण हुँदै ठुलो जात्रा लगाउने अवस्था सम्म आइपुगेको छ, आगामी दिनमा तीन तहकै सरकार, समाजसेवी हातहरुबाटै थप संरचना निर्माण गर्दै अझै व्यवस्थित गरि धार्मिक पर्यटनको विकास तर्फ लगिने अध्यक्ष मुक्तानले बताए ।

जब विश्वास र आस्थाको केन्द्र बनाउँछौं तब यसठाउँमा आउँदा सकरात्मक उर्जा दिन्छ त्यसैले हामी सबैजना हातेमालो गर्यौ भने यस क्षेत्रको संरक्षण हुन्छ, विकास हुन्छ र प्रवद्र्धन हुनेछ, उनले भने । कैलाश गाउँपालिकाकै एउटा शक्तिपीठको केन्द्र नै यस मन्दिर रहेको छ ।

ADVERTISEMENT

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले एउटा शक्तिपीठको रुपमा रहेको यस मन्दिर क्षेत्रको संरक्षण र प्रवद्र्धनमा हामी सबैको साथ रहने बताए । यस क्षेत्रको निर्माणमा आगामी दिनहरुमा स्थानीय सरकार, विभिन्न दाताहरुको साथ सहयोगमा थप व्यवस्थित गरि निर्माण गरिने उनले बताए । धर्मप्रति सबैको आस्था रहन्छ, सोही अनुरुप सबैले आफ्नो आफ्नो कर्म अनुरुप धर्म गरिरहेका हुन्छन्, सत्कर्म गर्नुस सबैले पुरा हुनेछ भन्ने विश्वास रहेको बताए ।

मन्दिर समितिका उपाध्यक्ष राजाराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा ९ का अध्यक्ष भूवन सिं घलान, मनहरी १ का वडाध्यक्ष शिवप्रसाद खनाल, समाजसेवी जनकप्रसाद बर्तौला, केदारप्रसाद बर्तौला, अर्जुन कालाखेती लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य गोरीमाया भूलन, वडा सदस्य ज्ञानबहादुर घलान, कालिका माविका प्रअ रामप्रसाद कालाखेती, सल्लाहकार बुद्धिप्रसाद कालाखेती लगायतको आतिथ्यता रहेको थियो ।
बुधबारसाँझबाट भएको जात्रा मेला विहीबार साँझ सकिने समितिका सचिव मनोजप्रसाद बर्तौलाले बताए । मन्दिर परिसरमा बत्ती बाल्ने र विहीबार बली दिने ठाउँको छुट्टाछुट्टै व्यवस्थापन गरिएको उनले बताए । खेलखेनौला, खाना, खाजा, फलफुल, मिष्ठान्न परिकार, फुलप्रसादका विभिन्न स्टलहरु रहेको सचिव बर्तौलाले बताए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya