मकवानपुरगढी–४ संस्थागत सुत्केरी वडा घोषणा

हेटौंडा , मकवानपुरगढी गाउँपलिकाको ४ नं. वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । मकवानपुरगढी गाउँपलिका ४ नं। वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा हुनेमा मकवानपुर जिल्लाकै पहिलो गाउँपलिका हो । आईतबार एक कार्यक्रमका बिच गाउँपलिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले औपचारिक रूपमा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका थिए ।

ADVERTISEMENT

अध्यक्ष स्याङतानले ४ नं. वडाको सहिद रुद्र स्मृती सामुदायिक स्वास्थ्य ईकाईलाई प्रमाणपत्र प्रदान गरेर पूर्ण संस्थागत सुत्केरी सुनिश्चित भएको वडा घोषणा गरे । ४ नं. वडालाई संस्थागत सुत्केरी वडा घोषणा गर्दै स्याङतानले अब आगामी बर्षहरुमा पनि अन्य वडाहरुलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेर सिङ्गो पालिकलाई नै संस्थागत सुत्केरी हुने पालिकाको रुपमा विकास गर्ने गरी अभियान चलिरहेको बताए ।

वडा भित्र गत आर्थिक वर्षमा ४० जना र यो आर्थिक बर्षमा ३५ जनाले संस्थागत सुत्केरी भएको मकवानपुरगढी गाउँपलिका स्वास्थ्य संयोजक धुब्र लामिछानेले जानकारी दिए । बिगत पाचँ वर्ष देखि नै पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यको लागि आफुहरु लागि परेको यो कार्यले निरन्तरता र दिगो पन राख्नको लागि आफुहरु सक्रिय भैरहेको लामिछानेले बताए । चालु आर्थिक बर्षमा कम्तिमा ३ वटा वडा घोषणा गर्नको लागि वडा नम्बर १, २, र ३ लाई प्राथमिकतामा राखेको र सोहि अनुसार स्वास्थ्य शाखाले काम गरिरहेको उनले बताए ।

बागमती प्रदेशकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा थाहा नगर पालिका वडा नम्बर ६ को बज्रबाराही स्वास्थ्य चौकीलाई २०७६ साल साउन १७ गते घोषणा गरिएको थियो ।

४ नं. वडाअध्यक्ष अर्जुनप्रसाद तिमल्सिनाको सभाअध्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रिन, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख दिपक कुमार तिवारी, मकवानपुरगढी गाउँँपालिका प्रशासकिय अधिकृत शैलेद्र भण्डारी, रानी सामुदायिक वनका अध्यक्ष बिष्णु प्रसाद न्यौपाने लगायतकाको उपस्थिती रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *