हेटौंडा/यामाहाको मेगा एक्सचेन्ज मेला हेटौंडामा शुरु भएको छ । मकवानपुरको लागि यामाहाको आधिकारीक विक्रेता राज मोटर्समा असोज ९ गतेदेखि १४ गतेसम्म मेघा एक्सचेन्ज मेला सञ्चालन हुने छ ।

मेगा एक्सचेन्ज मेलामा कम्पनीले उपहार, नगद छुट र अन्य थुप्रै क्रियाकलापमा उपहार राखेको राज मोटर्सका सञ्जालक राजन श्रेष्ठले जानकारी दिए । पुराना कुनै पनि ब्रान्डका बाइक तथा स्कुटीसँग सट्टापट्टा गर्नेसमेत सुविधा भएको मेलामा कुनै पनि पुरानो बाइकको मूल्य बजारमा प्रचलित रहेको भन्दा ७ हजार रूपैयाँ बढी मूल्यांकन गरिने श्रेष्ठले जानकारी दिए ।
यस मेलामा गएर एक्सचेन्ज गर्ने वा नयाँ मोटरसाइकल किन्ने दुबै ग्राहकले कम्पनीले संचालन गरिरहेको चाडपर्व केन्द्रित अफर पनि पाउने छन् । ‘यामाहा फेस्टिभ ह्याट्रीक’ स्कीम अन्तर्गम हरेक दिन ३ जनालाई स्मार्ट टिभी, नगद ६ हजार पक्का उपहार, हरेक दिन हाइसेन्स ५० इन्चको स्मार्ट टिभी ३ जनालाई र सजिलो प्रकृयाबाट फाइनान्सको पनि व्यवस्था रहेको श्रेष्ठले बताए ।
हाल नेपालमा बिक्रीवितरण हुँदै आएका अन्य दुईपांग्रे सवारीसाधनमध्ये यामाहा कम्पनीसँग सबैभन्दा धेरै मोडलका बाइक तथा स्कुटर उपलब्ध छन् । उक्त मेगा एक्सचेन्ज मेला विगतमा पनि हुँदै आएको थियो ।






