हेटौँडाबाट काठमाडौँ जाँदा वैकल्पिक मार्ग प्रयोग गर्नूस्

हेटौंडा, हेटौँडा-कुलेखानी-काठमाडौं सडक बिग्रिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रिएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो।

ADVERTISEMENT

कुलेखानी सिमखोला नजिकको उकालोमा सडकमा साना गाडीहरु चढ्न सकेका छैनन्।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार यात्रुलाई हेटौँडाबाट काठमाडौँ जाँदा कान्ति लोकपथ र त्रिभुवन राजपथबाट यात्रा गर्न आग्रह गरिएको छ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *