व्यापार महासंघमा असन्तुष्टि जनाउँदै भट्टराईले त्यागे माओवादी

हेटौंडा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को नेपाल उद्योग व्यापार महासंघ मकवानपुर शाखाको अधिवेशनको विषयमा असन्तुष्टि जनाउँदै महासंघका कार्यबाहक अध्यक्ष अजिव भट्टराईले पार्टी परित्याग गरेका छन् । व्यापार महासंघको आइतबार भएको विस्तारित भेलाले राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुनः माओवादीमै फर्किएका जगदिश दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । विगत एक बर्ष अघिदेखि स्थगन भएको अधिवेशनलाई नाटकीय ढंगबाट पूर्णता दिने काम भएको भट्टराईले प्रतिक्रिया दिए ।

ADVERTISEMENT

‘करिब १ वर्ष अघि कार्यबाहक अध्यक्षको रुपमा रहेको मेरो नेतृत्वमा क्लव हेटौंडा पार्टी प्यालेसमा अधिवेशन गरी पुरानो कमिटी भंग गरेर नयाँ कमिटी गठनका लागि संजिव पाठकको नेतृत्वमा बनेको निर्वाचन कमिटीले अध्यक्षको उम्मेदवारको १० हजार दस्तुर समेत लिएको थियो । अध्यक्षमा पदमा मेरो र पुष्पराज पुडासैनीको उम्मेदवारी परेपछि नेतृत्वले अधिवेशन स्थगित गरेको थियो’, भट्टराईले भने, ‘आइतबार दिउँसो बैठकको नाममा पल्पसा सभाहलमा भएको कार्यक्रमले नेतृत्वको वरपर चकडी भजाउँदै आत्मरतिमा रमाउने केही ब्यक्तिहरूको निहित स्वार्थसिद्धिका लागि उद्योग वाणिज्य संघ मकवानपुरको चुनाव लक्षित उद्देश्य अनुरुप नीति, विधी र सांगठनिक मूल्य मान्यतालाई मिच्दै जनवादी केन्द्रियताको पराकाष्टा नाघेर कार्यक्रम गरिएको प्रति आपत्ति छ ।’ दुई वा सो भन्दा बढी उम्मेदवारी परे उम्मेदवारहरुका बीच सहमती गराउनु नेतृत्वको दायीत्व भएपनि निर्वाचन प्रकृयामा २ उम्मेदवार मध्ये एकले अर्कोलाई सहमति जनाएपछि सो उम्मेदवारले स्वतः पद पाउनुपर्नेमा सांगठनिक नियम र मर्यादा मिचिएको उनको आरोप छ ।

पद लिएर पार्टी प्रवेश गर्नु र गराउनु के नेकपा माओवादी केन्द्रको विधानमा उल्लेखित प्रकृया हो रु भन्दै उनले नेतृत्वप्रति प्रश्न समेत गरेका छन् । मिसन २०८४ को हवाला दिँदै हिँडेको पार्टीमा करिब २ महिना अघि उद्योग व्यापार महासंघ मकवानपुरको नेतृत्व दिने सर्तमा पार्टी प्रवेश गराइएको एक पात्र खडा गरी स्थगित राखिएको कार्यक्रमलाई पूर्णता दिदै मिसन पूरा गरिएको भट्टराईको दावी छ । यसरी पद बाँडेर पार्टी प्रवेश गराउँदै पार्टीमा भएका सदस्यहरुलाई ओझेलमा पार्दै र चिढ्याउँदै जाँदा मिसन ८४ पूरा हुने भन्दै उनले व्यङ्ग्य समेत गरेका छन् । लामो समयदेखिको माओवादी पार्टीको राजनैतिक यात्रा केवल लक्ष्य विहिन यात्राको रुपमा बोध भएको उनको भनाई छ । अबको यात्रा कुनै पनि ब्राण्डिङ विना सामाजिक रूपमा देश र जनताको निस्वार्थ सेवामा लाग्ने प्रण गर्दै उनले नेकपा (माओवादी केन्द्र) को सबैखाले जिम्मेवारी लगायत साधारण सदस्य समेत त्याग गरेको घोषणा गरेका छन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *