सबैभन्दा बढी दुध र गुणस्तरीय दुध विक्री गर्ने किसान सम्मानित

हेटौंडा, हेटौंडा १३ मा रहेको कृषक जागृति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थामा सबैभन्दा बढी दुध विक्री गर्ने र गुणस्तरीय दुध विक्री गर्ने किसानलाई सम्मान गरेको छ ।

ADVERTISEMENT

शुक्रबार भएको सहकारीको २३ औँ वार्षिक साधारणसभामा सबैभन्दा बढी दुध विक्री गर्ने सुकुमाया थोकर, सबैभन्दा गुणस्तरीय दुध विक्री गर्ने लक्ष्मी दंगाल, समाजसेवी रामकृष्ण सापकोटा, पशु प्राविधिक संयोजक केशवप्रसाद दुलाल, असल बचतकर्ता सानुमाया भोम्जन र राष्ट्रिय सहकारी बैंक लिमिटेड बागमती प्रदेशका प्रमुख रामेश्वर अर्याललाई सम्मान गरेको हो ।

कृषक जागृति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केशवप्रसाद मुडभरीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १३ नम्वर वडाअध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

१ सय ९१ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पुँजी ४ लाख ९२ हजार १ सय रुपैयाँ रहेको छ । सहकारीको जगेडा तथा अन्य कोष ११ लाख ३३ हजार ६ सय ८६ रुपैयाँ, १९ लाख ३१ हजार ३१ रुपैयाँ निक्षेप बचत रहेको व्यवस्थापक सूर्य बहादुर मुक्तानले जानकारी दिए । कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मुडभरीले दूध विक्रीमा निकै समस्या झेल्नु परेको बताए ।

विगत दुई महिनादेखिबाट दूध किसानलाई रकम भुक्तानी गर्न नसकेको उनले गुनासो पोखे । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बागमती प्रदेशका प्रमुख रामेश्वर अर्याल, महेन्द्र उच्च माविका सहायक प्रधानाध्यापक अमरनिधि उप्रेती, वडा समन्वय समितिका उपाध्यक्ष तथा लेखा समितिका संयोजक बगान सिं थिङ, सदस्य जगन्नाथ पौडेल, पत्रकार सुजन ढकालको आतिथ्यता रहेको थियो । सभाले उपाध्यक्षमा सुरेशकुमार स्याङ्बो, सचिवमा केशब दुलाल र सदस्यमा अमरनिधि उप्रेती, जगन्नाथ पौडेल रिक्त पदाधिकारी सदस्यमा पदपूर्ति समेत गरेको अध्यक्ष मुडभरीले जानकारी दिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *