थाहा आइडल एकल नृत्यमा टप ११ छनौट

हेटौंडा, थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित थाहा आइडल एकल नृत्यमा बुधबार टप ११ छनौट भएका छन् । टप २० जनाबाट एकैचोटी टप ११ छनौट गरेको हो ।

ADVERTISEMENT

छनौट हुनेमा थाहा ६ की सुहाना गोपाली, थाहा ३ की अंशु घिमिरे, मोरङका बिजय मगर र सुदिप विश्वकर्मा, थाहा १२ का सोनिमा वाइवा, थाहा ३ की कृपा गोपाली, थाहा २ की साइना तामाङ, थाहा ३ का अनिश लामा, कुलेखानीका सन्ध्या थापा मगर, थाहा २ की स्वेता तामाङ र थाहा ५ की रिया बल रहेका छन् ।

‘बुधबार टप १० छनौट गर्ने लक्ष्य लिएका थियौँ ।’ प्रतियोगिताका कार्यक्रम संयोजक यादवजंग रायमाझीले भने –‘थाहा २ की स्वेता तामाङ र थाहा ५ की रिया बलले समान ३४६ दशमलव ५ अङ्क प्राप्त गर्न सफल भए । दुवै जनाको अङ्क बराबर भएपछि टप ११ छनौट गरेका हौँ ।’

‘मंसिर २१, २२ र २३ गतेबाट भोटिङ सुरु हुनेछ । भोटिङबाट २० प्रतिशत र र निर्णायकको ८० प्रतिशत गरेर निर्णय हुनेछ भने टप ६ बाट सत् प्रतिशत भोटिङको आधारमा नतिजा घोषणा गर्ने छौँ।’–उनले भने । प्रतियोगितामा निर्णायक एलिना राना मगर र बिजय श्याम अमात्य रहेका छन् ।

प्रतियोगिताका निर्णायकहरु

थाहानगर उद्योग वाणिज्य संघको आयोजनामा जारी चौथो थाहा महोत्सवमा विहीबार गायिका आस्था राउत, रमेशराज भट्टराई, सम्झना लामिछाने र राजेन्द्र (गुन्द्रुके) को प्रस्तुती रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya