करेन्ट लागेर हेटौंडामा दुई जनाकाे मृत्यु

हेटौंडा, मकवानपुरको हेटौँडामा ११ केभी तारमा प्रवाह भइरहेको करेन्ट लागेर दुई बालिकाको मृत्यु भएको छ। शनिबार दिउँसो हेटौँडा– १६ चिसापानीबाट दुई सय मिटर पर कभर्ड हलछेउमा ११ केभीको पिन इन्सुलेटर भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट भई पोल हुँदै पोलको फेदमा जमेको पानीमा प्रवाह भएको करेन्ट लागेर दुई बालिकाको मृत्यु भएको हो ।

ADVERTISEMENT

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले पोलनजिक जमेको पानी भएर हिँडिरहेका दुई बालबालिकाको करेन्ट लागेर मृत्यु भएको जानकारी दिए ।

ज्यान गुमाउनेमा बारा निजगढ नगरपालिका– १ बस्ने अन्दाजी नाै वर्षीया बालिका र मकवानपुर हेटौँडा– १६ बस्ने अन्दाजी सात वर्षीया बालिका रहेको उनको भनाइ छ। 
करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको जनाइएको छ। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *