नवोदय शिक्षक तथा कर्मचारीको पुस्तक समिक्षा

हेटौंडा, हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा आबद्ध शिक्षक तथा कर्मचारीलाई लक्षित गरी सञ्चालन भएको पुस्तक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । पठन संस्कृतिको विकास गराउने उद्देश्यले नवोदय पुस्तकालयको आयोजनामा पुस्तक समिक्षा कार्यक्रम भएको हो ।

ADVERTISEMENT

पुस्तक समिक्षा कार्यक्रममा शिक्षक तथा कर्मचारी गरी ११ जनाले पुस्तक समिक्षा गर्नु भएको पुस्तकालयका शिक्षिका अन्जिता मिश्रले जानकारी दिनु भयो । शिक्षक तथा कर्मचारीले आफूले पढ्नु भएको पुस्तकको छोटो समिक्षा गरी अरु शिक्षक तथा कर्मचारीलाई पुस्तक पढ्न थप उत्प्रेरणा गर्नु भएको थियो । नवोदय पुस्तकालयको आयोजनामा वार्षिक रुपमा तीनवटा पुस्तक समिक्षा आयोजना गरिनेछ । जसमा यो पहिलो पुस्तक समिक्षा रहेको मिश्रले बताउनु भयो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल मनोज थिङ तथा शैक्षिक संयोजक मन्चन तिवारीले पुस्तक समिक्षाको बारेमा आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नवोदय विद्यालयका शिक्षक तथा कर्मचारीको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya