प्रदेश राष्ट्रिय दैनिक ‘क’ वर्गमा

हेटौँडा, बागमती प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशन हुँदै आएको प्रदेश राष्ट्रिय दैनिक ‘क’ वर्गमा वर्गीकृत भएको छ । प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७९/८० को पत्रिका वर्गीकरणको पुनरावलोकनसहितको अन्तिम नतिजा सार्वजनिक गर्दा प्रदेश दैनिक ‘क’ वर्गमा पर्न सफल भएको हो ।

ADVERTISEMENT

यसअघि ‘ख’ वर्गमा पर्दै आएको प्रदेश दैनिक १४ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको छ । ‘क’ वर्गमा वर्गीकृत भएपछि पत्रिकाका प्रकाशक/सम्पादक गणेशदर्पण अधिकारीले पुनरावलोकनसहितको नतिजाप्रति धन्यवाद व्यक्त गर्दै सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन् । यससँगै मकवानपुर जिल्लाबाट प्रकाशित हुने चारवटा दैनिक पत्रिका ‘क’ वर्गमा र एउटा दैनिक पत्रिका ‘ख’ वर्गमा वर्गीकृत भएका छन् । प्रदेश राष्ट्रिय दैनिकसँगै हेटौंडा सन्देश, साझाकुरा दैनिकसमृद्ध समाज दैनिक पनि ‘क’ वर्गमा वर्गीकृत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *