मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सम्मान

हेटौंडा, बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई नेपाली कांग्रेस बागमती प्रदेश समितिले तथा जिल्ला समितिले बुधबार सम्मान गरेको छ।

ADVERTISEMENT

पार्टीबाट मुख्यमन्त्रीमा नियुक्त भएपछि आयोजित स्वागत तथा बधाई कार्यक्रममा मुख्यमन्त्री बानियाँले राजनीति व्यापार नभई सेवा र धर्म भएको उल्लेख गर्दै जनताको सेवा, न्याय र विकासप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले आफू उत्तरदायी, जिम्मेवार, पारदर्शी र निष्पक्ष ढंगले काम गर्न दृढ रहेको बताए।

‘राजनीति सेवा र धर्म हो, व्यापार होइन’, उनले भने, ‘हामीले जनतालाई न्याय, शान्ति र विकास दिनका लागि राजनीति गरेका हौं।’ उनले आफ्नो पदबाट प्राप्त हुने तलब भत्ता मकवानपुर–२ (ख) निर्वाचन क्षेत्रका विपन्न तथा असहाय नागरिकको घर निर्माणमा खर्चिने घोषणा समेत गरे।

कार्यक्रममा पार्टीबाट मन्त्री बनेका अन्य नेतालाई पनि स्वागत तथा बधाई दिइएको थियो। यस्तै, नेपाली कांग्रेस मकवानपुर जिल्ला समितिले पनि छुट्टै कार्यक्रम गरी मुख्यमन्त्री बानियाँलाई सम्मान गरेको छ। मकवानपुर जिल्ला सभापति बुद्ध लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीको गरिमा अभिवृद्धिमा बानियाँको भूमिकाको प्रशंसा गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya