क्षमता विकास तथा लेखा व्यवस्थापन तालिम सुरु

हेटौंडा, हेटौंडामा टोल विकास संस्थाका पदाधिकारीहरूलाई क्षमता विकास तथा लेखा व्यवस्थापन तालिम दिन सुरु गरिएको छ ।

ADVERTISEMENT

हेटौंडा उपमाहानगरपालिकाको आर्थिक सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको आयोजनामा गरिएको ३ दिने तालिममा हेटौंडा १० र ११ नम्बर वडाका ५५ जना सहभागी छन् । टोल विकास संस्थाका अध्यक्ष, उपाध्यक्ष , सचिव , कोषाध्यक्षहरूका लागि लक्षित गरि तालिमको आयोजना गरिएको हो ।

टोल विकास संस्था नगर समन्वय समिति का अध्यक्ष धुर्ब अधिकारीको सभाध्यक्षतामा भएको तालिममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

हेटौंडा ११ को सामुदायिक प्रहरी सेवा केन्द्रको भवनमा भैरहेको तालिम उद्घाटनमा हेटौंडा ११ कि वडाध्यक्ष जुना दाहाल, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडाका अध्यक्ष देव कुमार श्रेष्ठ, टोल विकास संस्था समन्वय समिति हेटौंडा ११ का अध्यक्ष यज्ञ बहादुर आचार्य, तालिम सहजकर्ता शिवहरी दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *