सिस्नुपानी नेपाल मकवानपुरले हाँस्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम गर्ने

हेटौंडा, गत वर्षहरुमा झैं यसवर्ष पनि सिस्नुपानी नेपाल मकवानपुरले तिहारको अवसरमा कार्तिक १० गते हाँस्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम गर्ने भएको छ । सिस्नुपानी नेपालकै शाखाको रुपमा रहेको सिस्नुपानी मकवानपुरले मकवानपुरका साहित्यकार र कलाकारहरुको सहयोगमा देउसी भैलो कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आइरहेको छ ।

ADVERTISEMENT

सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष सम्प्रस पौडेलले भने –‘नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै देशमा भएका विकृति, विसङ्गतिलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेका हौँ ।’ हास्यव्यङ्ग्य देउसी भैलो कार्यक्रमको लागि कार्तिक ३ गतेबाट आफ्नो भवनमा रियल्सनको कार्य शुरु गरेको उनले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिकाको विशेष सहयोगमा हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने कार्यक्रममा हास्यव्यङ्ग्य कमेडी प्रहर्सन, प्यारोडिक गित, खैचेडी भजन, सांस्कृतिक झल्कने देउसी भैलोलगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।कार्तिक १० गते हुने कार्यक्रमका लागि सहभागिता जनाइनदिनुहुनका निम्ति मकवानपुरेबासीलाई उनले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *