हेटौँडा, भीमफेदी गाउँपालिका कार्यालयको आयोजनामा मङ्सिर १ गतेदेखि ४ गतेसम्म निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । बस्तिपुर जेसीज मनहरी र लायन्स क्लव अफ हेटौँडा स्मारकले संयोजन गरेको शिविरमा ५९४ जनाले आँखा परीक्षण गरेका छन् ।

जसमध्ये २५ जनाको शल्यक्रिया गरिएको आयोजकले जनाएको छ । भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालले प्राविधिक सहयोग गरेका थिए । मकवानपुर घर भई हाल अमेरिका रहनु भएका गोपेन्द्र भटट्राईले शिविर सञ्चालनको लागि आर्थिक सहयोग गरेका थिए ।
आज सम्पन्न भएको शिविरमा गाउँपालिका उपाध्यक्ष संजीव श्रेष्ठ, डाक्टर पुष्पा गिरी श्रेष्ठ, लायन्स क्लब स्मारकका अध्यक्ष जीवन छत्कुलि, बस्तिपुर जेसीजका अध्यक्ष साजन उप्रेतीलगायत भीमफेदी गाउँपालिका वडा नम्वर २, ४, ५, ६ का वडाध्यक्षलगायतको आतिथ्य रहेको थियो । गाउँपालिकाका स्वास्थ्य प्रमुख रामनाम थिङले कार्यक्रम सञ्चालन गरेका थिए ।







