आग्रा स्पोर्ट्सले चुम्यो पाचौं उपमेयरकप ब्याडमिन्टन प्रतियोगिताको उपाधी

हेटौंडा, थाहा नगरपालिकामा भएको पाचौँ उपमेयर व्याडमिन्टन कप प्रतियोगिताको उपाधी आग्रा स्पोर्टस क्लबले जितेको छ । विहीबार विहान भएको फाइनल खेलमा संग्राम खत्री समराजको टिमलाइ आग्रा स्पोर्ट्स क्लबका नरेन्द्र मोक्तान र देवकुमार अर्यालको टिमले पराजित गर्दै उपाधी चुमेको छ।

ADVERTISEMENT

प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो स्थानमा विजयी टिमहरुलाई नगद क्रमसस् २० हजार,१५ हजार र १० हजार पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो । प्रतियोगिताकै उत्कृष्ट खेलाडी आग्रा स्पोर्ट्सका नरेन्द्र मोक्तान हुन सफल भए उत्कृष्ट खेलाडीलाई नगद र ट्रफी प्रदान गरियको थियो। प्रतियोगितामा शिखरक्लब र थाहा नगरपालिकाको टिम सान्त्वना भए । शिखर क्लबको तर्फबाट इशाक केसी र सुभाष थापाले खेलेका थिए भने थाहा नगरपालिकाको तर्फबाट कबिन्द्र वड र नबिन चौधरी खेलेका थिए । सानत्वना टिमले नगद २ हजार ५ सयका दरले पुरस्कारसहित शिल्ड मेडल तथा प्रमाणपत्र पाएका छन् । थाहा नगर खेलकुद बिकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, थाहा वडा न ७ का अध्यक्ष शिवराज थिङ ,थाहा नगरपालिका प्रशासन महाशाखा प्रमुख नवीन खालिङ, नेकपा एमालेका नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, च्वाइस नेपालका प्रताप घिमिरे, रास्वपा नगर सभापति जयराम खत्री, थाहा नगर खेलकुद विकास समितिका सदस्य यादव रायमाझी,थाहा नगर खेलकुद बिकास समितीका सदस्य सचिव अनिल लामिछाने,नवजागृत पुस्तकालयका अध्यक्ष सुमन बिष्ट ,प्रतियोगिताका रेफ्री बिजय सिंह ठकुरी,थाहा नगर ब्याडमिन्टन संघको पदाधिकारी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *