खोलामा डुबेर नाबालकको मृत्यु

हेटौंडा, हेटौंडा १ स्थित राप्तीखोलामा डुबेर एक नाबालकको मृत्यु भएको छ । आइतबार दिउँसो खोलामा डुबेर हेटौंडा ५ का १७ वर्षीय एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

राप्ती खोलाको कोरे ढुङ्गा नजिक अन्य २ जना साथीसँग नुहाउन गएका एक बालक पानीमा डुबेर बेहोस भएका थिए । प्रहरी टोलीले उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल पु¥याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *