हेटौंडा, काठमाडौंका एक पुरुष हेटौंडामा मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका-७ चावहिल घर भएका ४७ वर्षीय अजय मानन्धर हेटौंडा उपमहानगरपालिका-२ स्थित पल्पसा प्याराडाइज होटेलमा शक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
शुक्रबार अपह्रान्न काठमाण्डौ महानगरपालिका–७ चाबहिल घर भई पल्पसा प्याराडाईज होटलमा बस्दै आएको बर्ष ४७ को अजय मानन्धर मृत भेटिएका हुन् ।
उनी गएकोे असोज २८ गतेदेखि पल्पसा प्याराडाईज होटलको तेस्रो तल्लाको ४०५ नम्बर रुममा बस्दै आएको थिए । उनको साथिहरुले फोन गर्दा फोन नउठाएपछि सोहि होटलमा आएर ढोका खोलेर हेर्दा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।







