लागूऔषधसहित दुई जना पक्राउ

हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३, लेवटबाट प्रहरीले शनिबार दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
प्रहरी चौकी लेवट बसामाडी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध डाईजेपाम ४१ एम्पुल, फेनार्गन ४० एम्पुल र नुर्फिन ४० एम्पुल गरी जम्मा १२१ एम्पुलसहित दुई जनालाई पक्राउ गरेको हो ।

ADVERTISEMENT

पक्राउ पर्नेहरुमा मकवानपुर गढी गाउँपालिका वडा नम्वर २ बस्ने वर्ष २५ को बुद्ध बहादुर डिम्डुङ र हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने बस्ने वर्ष २९ को नबिन रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक श्याम अर्यालका अनुसार, शनिबार अपराह्नमा नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना। ३३ प ९५७६ नं। को मोटरसाइकललाई रोकी चोकजाँच गर्ने क्रममा उनीहरुको साथबाट सो परिणामको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये बुद्धबहादुर डिम्डुङ मोटरसाइकल चालक र नबिन रुम्बा मोटरसाइकलमा सवार व्यक्ति रहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत मकवानपुरबाट ४ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्यलाई अगाडि बढाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *