हेटौंडा, लामो समय देखि चर्चामा रहँदै सेलाउँदै गरेको हेटौंडा बजारक्षेत्रको सडक बिस्तारको बिषयमा हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधीहरुको एक मत देखिएको छ ।
एशियालि बिकास बैंकको लगानीमा बिस्तार तथा निर्माण हुने पुर्वपश्चिम राजमार्जको हेटौंडा बजार क्षेत्रका लामो सयम देखि बिवाद रहँदै आएको थियो । बिवाद बिच अदालत सम्म पुगेका हेटौंडा बजार क्षेत्रका बासिन्दालाई २५ गज सम्म भत्काउँन सकिने भन्दै आएको निर्णय कार्यान्वयन हुन नसकेर रोकिएको समयमा जनप्रतिनिधीहरुको एक मत आएको हो ।
सडक विस्तारको विषयमा जिल्लाका दलहरुवीच मतभिन्नता सिर्जना भइरहेको अवस्थामा शनिबार बसेको हेटौंडा उपमहानगरपालिकाको १३ औं नगरसभाको दोस्रो वैठकमा सहभागी सम्पूर्ण जनप्रतिनिधिले ताली बजाएर सर्वसम्मतरुपमा सडक बिस्तारको पक्षमा उभिएका हुन् ।
नगरप्रमुख मीनाकुमारी लामाले सडक बिस्तारको बिषयलाई सभामा प्रवेश गराउँदै हामि एक मतका साथ उभिन सकेनौं भने, हेटौंडा बजारको भविष्य सकिने बताएसँगै जनप्रतिनिधीहरुले बिस्तार आवश्यक रहेको बताएका थिए । सडक बिस्तारको अभियानमा आफुहरुपनि सँगैसँगै रहेको भन्दै उपमहानगरका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यहरुले उठेर एकमतले तालि बजाउँदै समर्थन जनाएका हुन् ।
पछिल्लो समय सडक बिस्तारको बिषय पेचिलो बन्दै गएको र हेटौंडा बजार बिस्तारका लागि पनि आवश्यक रहेकाले उपमहानगरको धारणा नगरसभाबाटै बाहिर ल्याएको नगर प्रमुख लामाले बताइन् । उनले एशियालि बिकास बैंक हेटौंडा बजारलाई छोडेर पथलैया बाट कर्रापुल र राप्ती पुल पारीबाट पश्चिम क्षेत्रको सडकमा मात्र ठेक्का गर्ने पक्षमा पुगेकाले बजार संकटमा पर्ने अवस्था आएको बताइन् ।
हेटौंडा बजार बिस्तार आवश्यक रहेको उपप्रमुख राजेश बानियाँले बताए । उनले साधुरो सडकका कारण बजारको शौन्दर्यतामा कमि आइसकेको थियो, दुर्घटनाको जोखिम बढ्दै गर्दा बाहिरी जिल्लाका सहरहरुमा आक्रषक सडक बन्ने क्रम रहँदा हामिपनि यो अवसरबाट बाहिर जान हुँदैन भन्ने पक्षमा रहेको उनले बताए । हामि सबैको सहकार्य र आवश्यक समन्वयमा सडक बिस्तारको काम हुनुपर्ने उनको भनाई थियो ।
डिभिजन सडक कार्यालयले हेटौंडा बजार क्षेत्रमा २५ मिटर सडक विस्तार गर्न असार १० गते राष्ट्रिय दैनिक पत्रिकामा ३५ दिने सूचना प्रकाशन गरी काम अघि बढाउँने तयारी थालेको थियो । क्षतिपूर्ति र व्यवसायीको समस्याको विषयमा स्थानीय सरकारले आवश्यक पहल र समन्वय गर्ने उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताए ।






