‘उज्यालोका बाछिटा’ को गृह विमोचन तथा परिचर्चा

हेटौंडा, साहित्यकार डीबी बर्तौलाको तेस्रो मुक्तक सङ्ग्रह ‘उज्यालोका बाछिटा’ पुस्तकको गृह विमोचन तथा परिचर्चा शनिबार हेटौंडामा भएको छ । साहित्य सङ्गम मकवानपुरको ३४८ औँ नियमित साहित्य सन्ध्याको अवसरमा बर्तौलाको मुक्तक सङ्ग्रह उज्यालोका बाछिटाको गृह विमोचन तथा परिचर्चा भएको हो ।

ADVERTISEMENT

साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनालको सभाध्यक्ष तथा साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । साहित्य संगम मकवानपुरका अध्यक्ष बर्तौलाले आफ्नो कृतिमा समावेश भएको ३ वटा मुक्तक वाचन गरेका थिए । हेटौंडा–२, स्थित मकवानपुर बहुमुखी क्यापसका उपप्राध्यापक घनश्याम घिमिरेले कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए भने आयुष्मा भण्डारीले पाठकीय टिप्पणी गरेकी थिइन् ।

१०८ पृष्ठको मुक्तक संग्रहमा ९२ वटा मुक्तक सामवेश छन् । कार्यक्रममा स्वस्तिका बानियाँ,सुस्मिता ढुङ्गाना,करिस्ता दाहाल,रोशिका भट्टराई र अनसूया खनाललगायतले रचना वाचन गरेका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देल, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिना, साहित्यकार हयग्रीब आचार्य,सङ्गमका सल्लाहकार सुवास खनाललगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *