निःशुल्क आँखा परिक्षण शिविर हुने

हेटौंडा, मनहरी गाँउपालिका वडा नं.२ मा निःशुल्क आँखा परिक्षण शिविर हुने भएको छ । हेटौडा सामुदायिक आँखा अस्पताल, रोट्रयाक्ट क्लव अफ हेटौडा, रोटरी क्लब अफ हेटौडाको संयुक्त आयोजनमा मसिंर २१ गते बुधबार मनहरी–२ स्थित सिता माविमाको प्राङ्गणमा शिविर आयोजना कार्यक्रम तय भएको वडा अध्यक्ष राजकुमार पाख्रिनले जानकारी दिए ।

ADVERTISEMENT

शिविर बिहान १० बजे देखि २ बजे सम्म शिविर सञ्चालन हुने जनाएको छ । शिविरमा आँखा परिक्षणको क्रममा मोतियाबिन्दु भएकाहरुलाई निशुल्क रुपमा शल्यक्रियको व्यवस्था मिलाएको समेत वडा अध्यक्ष पाख्रिनले जानकारी दिए ।

शिविरमा सहभागि हुन वडाबासिलाई अनुरोध गरेको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *