तुल्सी मेहरले गर्यो उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

हेटौंडा, हेटौंडा १० मा रहेको तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयले एसईइ परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ ।

विद्यालयले एक कार्यक्रमकाबीच एसइई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थी, अभिभावक र ८ जना शिक्षकलाई सम्मान गरेको हो । २०८० को एसईई परीक्षामा विद्यालयबाट ४९ विद्यार्थी सहभागी भएकामध्ये ४३ जनामा ९ जना विद्यार्थीले ग्रेड ए प्लस , १३ जनाले ए , १२ जनाले बी प्लस र ९ जनाले बी प्राप्त गर्न सफल भएका हुन भने ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगर १० का वडाध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा शिक्षकहरूमा शिक्षक सुरेन्द्र गौतम, गणित विषयका शिक्षक देवेन्द्र चापागाईं, अंग्रेजी विषयका शिक्षक कमल नेपाल, प्रतिमा बुढाथोकी, आयुष देवकोटा, पवन त्रिपाठी र सन्दीप न्यौपानेलाई नगद सहित सम्मान गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सीपल रघुनाथ खरालले आगामी दिनमा अझ अधिक मेहनत गरेर उत्कृष्ट नतिजा ल्याउने प्रयास गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button