जनताको आधारभूत आवश्यकता पूरा गर्छौँः नेता बानियाँ

हेटौंडा, मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले पूर्वाधार विकास र आम जनताको आधारभूत आवश्यकता पूरा गरिने बताएका छन् ।

ADVERTISEMENT

मनहरी गाउँपालिका १ र २ ले संयुक्त रुपमा आयोजना गरेको सभालाई शुक्रबार सम्बोधन गर्दै नेता बानियाँले मुलुकमा पटक–पटक व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन हुन नसकेको उल्लेख गर्दै गठबन्धनको नेतृत्वले आम जनताको समस्या पहिचान गरी समाधान गर्ने बताए ।

उनले साँढे ३ वर्षसम्म बागमती प्रदेश सरकारको नेतृत्व गरेको एमालेले २ नम्वर क्षेत्रको पूर्वाधार विकासमा उपेक्षा गरेको भएपनि गठबन्धनको सरकार आउनासाथ १० महिनाको अवधिमा ३ अर्बभन्दा बढी बजेट विनियोजन गरिएको बताए ।

ADVERTISEMENT

नेकपा एमालेले गरेको भ्रमको खेतीले जनताको पेट नभरिने बताउँदै बानियाँले भ्रष्टाचारमा लिप्त, राजतन्त्र फर्काउन खोज्ने र देशलाई टुक्र्याउन खोज्नेहरुसंग केपी ओलीकोे साँठगाँठ रहेकोले एमालेलाई जरैदेखि उखेल्नुपर्ने बताए ।

नेकपा माओवादी केन्द्र मनहरी–२ का इन्चार्ज चन्द्रसिं स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा संघीय उम्मेदवार बिरोध खतिवडा, एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देल, बागमती प्रदेश भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर चेपाङ, कांग्रेस महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, मनहरी सभापति प्रकाश बर्तौला, नेतृ उमा दाहाल, माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य वीरबहादुर घलान, मनहरी १ का प्रचारप्रसार सह–संयोजक बुदुमाया प्रजा, मनहरी १ का सभापति मनोहरी उप्रेती, माओवादी केन्द्रको पालिका इन्चार्ज राजकुमार पाख्रिनलगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *