हेटौंडा, कात्तिक २७ गते मंगलबार भैंसेस्थित प्रसिद्ध आस्थावान् धार्मिकस्थल त्रिखण्डी मन्दिरमा मौलिक परम्परा रीतिरिवाज चाडपर्व लाग्दै आएको छ ।
शुक्रबार हरिबोधनी ठूलो एकादशीका दिन पर्ने मेलामा हजारौं भक्तजन र व्रतालुको घुइँचो र हुने हुँदा जात्रा÷मेला व्यवस्थापन समिति अध्यक्ष्ँ दिवाकर थिङ, सेवक सदस्य लक्ष्मण दाहाल, संयोजक रमेश कुमार थिङ र अन्य सदस्यलगायत गठन भएको सदस्य दाहालले बताए । जात्राका लागि मन्दिर रंगरोगन गरी सरसफाइ र पुल निर्माणको तयारी गरिँदैछ ।
एकादशीमा धार्मिक सहिष्णुता, मौलिक धर्मको परिचय, पहिचान शिव मन्दिरपरिसरमा ठूलो एकादशीको मेला हुने हुँदा पुण्य पवित्रको दिन जात्रा मेला अवधिमा माछामासु, अण्डा र रक्सीको बिक्री बितरण निषेध गरिनेछ । जात्रामा झैझगडा र अशान्ति र कुनै मानवीय क्षतिका घटना नघटुन् भनि मादक पदार्थ सेवन नगर्न स्थानीय प्रशासनमार्फत् समन्वय हुँदै आएको समितिले जनाएको छ ।







