लागू औषध ओसारपसार विरुद्धको दिवस मनाइने

हेटौंडा, लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइने भएको छ । असार १२ गते मनाइने उक्त दिवसमा रिकभरिङ नेपालले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको हो ।

ADVERTISEMENT

प्रभातफेरि कार्यक्रम, मकवानपुर जिल्लाभित्र रहेका पुनस्थापना केन्द्रहरुको अनुगमन तथा निरिक्षण, विद्यालय तथा कलेजहरुमा सचेतनामूलक कार्यक्रम, दिप प्रज्वलन लगायतका कार्यक्रम गरि लागु औषध ओसारपसार विरुद्धको दिवस मनाउन लागिएको हो ।

रिकभरिङ नेपालभित्र मकवानपुरमा ६ वटा पुनस्र्थापना केन्द्रहरु रहेका छन् । उक्त ६ वटा पुनस्थापना केन्द्रहरुमा करिब ५ सय देखि ६ सय मानिसहरु पुनस्र्थापनाको लागि रहेको मकवानपुर रिकभरिङ सेन्टरका प्रबन्ध निर्देशक सन्दिप शाक्यले जानकारी दिए । आम मानिसमा लागुऔषधको बारेमा जनचेतना फैलाउन सके लागुऔषध सेवन तथा ओसारपसारमा कमी आउने शाक्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya