बालजागृति विद्यालयको ‘हे ज्ञान कि देवी’ म्यूजिक भिडियो सार्वजनिक

हेटौंडा, हेटौंडा २ मा रहेको बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयले ‘हे ज्ञान कि देवी’ गीति एल्बम् तथा म्यूजिक भिडियो शनिबार सार्वजनिक भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका २ नम्वर वडाध्यक्ष विष्णुगोपाल महर्जनले उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि रहेका महर्जनले हेटौंडा उपमहानगरपालिका २ मा रहेको बालजागृति विद्यालय नगरभित्रको पहिलो विद्यालय बन्नका निम्ति विद्यालयका प्रिन्सिपल विनोद सुवेदीसमक्ष आग्रह गरेका छन् ।

ADVERTISEMENT


‘हेटौंडा उपमहानगरपालिकामा रहेका १९ वटा वडा मध्ये बालजागृति विद्यालय अरु संस्थागत विद्यालयभन्दा अगाडि रहेको छ।’ उनले भने –‘संस्थागत विद्यालयमा बालजागृति पहिलो बालमैत्री विद्यालय घोषणा भएको छ ।’ शैक्षिक उन्नयनको लागि हेटौंडा २ नम्वर वडाले बालजागृतिलाई सहयोग गर्ने उनले प्रतिबद्धता पनि जनाएका थिए । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले बालजागृति विद्यालयले गुणस्तरीय शिक्षकसँगै अतिरिक्त कार्यलाई पनि जोड दिँदै आइरहेको बताए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले सोच र कलाको विकास गर्ने उद्देश्यले म्युजिक भिडियो सार्वजनिक गरेको बताएका छन् ।

‘अहिलेका बालबालिका एटम बम्ब हुन् । छोएकी पड्किहाल्छन् ।’ उनले भने –‘बालबालिकालाई सही दिशातर्फ लैजानको लागि अभिभावकले पनि मार्ग निर्देशन गर्नु पर्दछ ।’ विद्यार्थीको हितमा विद्यालयले नौलो कार्यक्रमहरू सञ्चालन गरिरहेको उनको भनाइ रहेको थियो । विद्यार्थीलाई एकाग्र बनाउने काम म्यूजिक भिडियोले खेल्ने विद्यालयका सहायक प्रिन्सिपल अमूल श्रेष्ठले बताए । बालजागृति विद्यालय कक्षा १, २ र ३ मा अध्ययनरत विद्यार्थीहरूले बालगीत पनि प्रस्तुत गरेका थिए ।

मकवानपुरका गायिका सुनिता बुर्लाकोटी र गायक कृष्णगोपाल सिंहले गीत गाएर सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका २ नम्वर वडा सदस्य इन्द्र रिजाल, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा शिक्षा अधिकृत रमेश बिडारी, पिएम संगीत सेन्टरका सञ्चालक प्रवेन्द्र महर्जन, मकवानपुरका संगीतकार पूर्णविक्रम अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya