किसान कल्याण सहकारीका शेयर सदस्य र कर्मचारी सम्मानित

हेटौंडा, हेटौंडा–८ मा रहेको किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्थाले ५९ जना शेयर सदस्य र ४ जना कर्मचारीलाई सम्मान गरेको छ । शनिबार सहकारीले आयोजना गरेको रजत जयन्ती कार्यक्रमको समापन तथा पुरस्कार वितरण कार्यक्रममा संस्थाको १४९ संस्थापक सदस्यहरु मध्ये ५९ जना शेयर सदस्यलाई रजत जयन्ती लेखिएको लकेट प्रदान गरी सम्मान गरेको हो ।

ADVERTISEMENT

यसैगरी संस्थाका व्यवस्थापक केशवकुमार शाही, सहायक कर्मचारी सुनिता डिम्डुङ, विष्णु कुमारी लामा र तेल उद्योगका मिस्त्री लालबहादुर मगरलाई पनि प्रमाणपत्रले सम्मान गरेको छ । किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मोतिलाल लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको हो ।

रजत जयन्तीको अवसरमा अयाोजित बाल समूहबीच हाजिरीजवाफ प्रतियोगिता, टोल विकास संस्थाको सहभागितामा महिला/पुरुष डोरी तान्ने प्रतियोगितामा विजेतालाई आज पुरस्कार वितरण गरिएको थियो । सहकारीले विविध कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाएको थियो । पुरस्कार वितरण कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्साल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, नारायणी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जंगबहादुर गुरुङलगायतको आतिथ्य रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *