बालजागृति विद्यालयकी अनुप्रस्था देवकोटा सम्मानित

हेटौंडा, हेटौँडा–२ मा रहेको बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयले एसईई २०८१ मा ४ जिपिए हासिल गर्ने छात्रा अनुप्रस्था देवकोटालाई सम्मान गरेको छ।

ADVERTISEMENT

आज विद्यालयले एक कार्यक्रमकाबीच देवकोटालाई नगद ३५ हजार रुपैयाँसहित सम्मान गरेको हो। कार्यक्रममा देवकोटालाई विद्यालयका प्रिन्सिपल विनोद सुवेदी, सह–प्रिन्सिपल अमूल श्रेष्ठ र विज्ञान शिक्षक प्रेम हमालले व्यक्तिगत रूपमा १५–१५ हजार रुपैयाँका दरले थप ४५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेका थिए।

विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारी, व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिनालगायतले एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरूलाई पनि प्रमाणपत्रद्वारा सम्मान गरेका थिए । विद्यालयले एसईई परीक्षामा सतप्रतिशत नतिजा हासिल गरेको खुसीयालीमा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारीको सहभागितामा बाजागाजासहित नगर परिक्रमा गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya