भिमफेदीमा ट्रक दुर्घटना, १ जनाको मृत्यु

हेटौंडा, मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको डिब्बा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। मिति २०८३ साउन २० गते राति करिब २:३० बजे मकवानपुरको पालुङबाट वीरगञ्जतर्फ तरकारी बोकेर जाँदै गरेको मधेश प्रदेश ०३-००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षा र बाक्लो हुस्सुको कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल चण्डी खोलामा खसेर दुर्घटना भएको हो।

ADVERTISEMENT

दुर्घटनामा ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ निवासी २३ वर्षीय रञ्जित कार्कीको दायाँ खुट्टा फ्र्याक्चर हुनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको छ। त्यसैगरी, ट्रकमा सवार चालकका काका नाता पर्ने सोही स्थानका अन्दाजी ३६ वर्षीय अर्जुन कार्कीको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेर दुवै घाइतेको उद्धार गरी उपचारका लागि हेटौडा पठाएको थियो।

उपचारका क्रममा बिहान करिब ९:१५ बजे हेटौडा अस्पतालमा चिकित्सकले अर्जुन कार्कीलाई मृत घोषणा गरेका छन्। दुर्घटनाका बेला ट्रकमा चालकसहित दुई जना मात्र सवार रहेको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाको कारण वर्षा तथा बाक्लो हुस्सुका कारण ओरालो सडकमा ट्रक चिप्लिएर अनियन्त्रित भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya