राक्सिराङमा प्रस्ताव, प्रतिवेदन र माइन्यूट लेखन तालिम

हेटौंडा, महिला सशक्तिकरण तथा गरीबी निवारण समूह नेपालको आयोजना तथा राक्सिराङ गाउँपालिकाको आर्थिक सहयोगमा राक्सिराङका तीन वटा वडामा प्रस्ताव, प्रतिवेदन तथा माइन्यूट लेखन तालिम आइतबार सम्पन्न भएको छ ।

ADVERTISEMENT

महिला सशक्तिकरण तथा गरीबी निवारण समूह नेपालकी कार्यकारिणी निर्देशक इन्दिरा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा राक्सिराङ गाउँपालिका वडा नम्वर ९ का वडाध्यक्ष रामकुमार वाल्वा थिङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

राक्सिराङ एक त विकट ठाउँ । राक्सिराङका बासिन्दालाई बिल भरपाई, साधारण प्रस्ताव, प्रतिवेदन र माइन्यूट कसरी बनाइन्छ भन्ने कुरा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको न्यौपानेले जानकारी दिइन् । राक्सिराङ गाउँपालिका वडा नम्वर ८, ३, ९ का प्रति वडा ३० जना व्यक्तिलाई तालिम प्रदान गरेको आयोजकले जनाएको छ ।

प्रोपोजल राइटर टिका पौडेल र सन्तोष थापाले तालिम सहजिकरण गरेका थिए । कार्यक्रममा समाजसेवी मोहन नगरकोटीलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya