कार्तिक २६ गतेबाट चैनपुर जेसीज मनहरीको सप्ताह सुरु

हेटौंडा, चैनपुर जेसीज मनहरीले कार्तिक २६ गतेबाट आफ्नो सप्ताहव्यापी कार्यक्रम सुरु गर्ने भएको छ । चैनपुर जेसीज, मनहरीका अध्यक्ष रविन ढकालका अनुसार कात्तिक २६ गतदेखि मंसिर ३ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम गरी यसवर्षको सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागिएको हो ।

ADVERTISEMENT

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् सोमबार विहान पहिलो दिन मनहरी बजारमा रक्तदान कार्यत्रmम तय गरिएको छ । जेसीज सप्ताह २०२४ का मूल कार्यक्रम संयोजक सुरेश गौतमका अनुसार मंगलबार प्रगति मावि लोथरमा स्टेशनरी सामग्री वितरण गरिनेछ । बुधबार तेस्रो कार्यक्रमको रुपमा स्लो मोटरसाइकल रेस प्रतियोगिता रहेको छ ।

यस कार्यक्रम मनहरी–४ स्थित गोलघरमा आयोजना गरिँदैछ । यस स्थानमा हाल फुटबल प्रतियोगिता समेत सञ्चालन भइरहेको छ । विहीबार महेन्द्र ज्योति मावि हाँडीखोलामा लागूफदार्थ दुर्व्यसनी सम्बन्धि सचेतना कार्यक्रम तय गरिएको सहमूल कार्यत्रम संयोजक नवराज रिजालले जानकारी दिए । ऊनका अनुसार शुक्रबार ‘समाजका लागि युवा’ विषक वत्तृत्वकला प्रतियोगिता बालजीवन ज्योति मावि मकरीमा आयोजना गरिनेछ ।

शनिबार हाँडीखोलाको लामिटारदेखि घोलघरसम्म जेसीज दौड प्रतियोगिता हुने महासचिव श्रीकृष्ण ढकालले जानकारी दिए । उनका अनुसार फुटबल प्रतियोगिता र सप्ताहव्यापी कार्यक्रमको समापन एकैपटक आयोजना गर्न लागिएको हो । प्रतियोगिताको फाइनल मंसिर ३ गतेहुनेछ । सोहीदिन जेसीजको सप्ताहको औपचारिक समापन गरिनेछ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *