बाराही विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

हेटौंडा, निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरले हेटौंडा–१ लालझाडीमा रहेको बाराही आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ । संघले शुक्रबार एक कार्यक्रमकाबीच स्मार्ट टिभी, शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम तामाङ र प्रधानाध्यापक मन्जु देवकोटालाई निर्माण सामाग्री व्यवसायी संघका अध्यक्ष बालकृष्ण बजगाईले सामाग्री हस्तान्तरण गरेका हुन् । बालविकास कक्षामा पढ्ने बालबालिकाहरुलाई प्रविधिमैत्री शिक्षणमा सहजता पुगोस भन्ने उद्देश्यले स्मार्ट टिभी वितरण गरेको संघका अध्यक्ष सचिव सुदिप तिमल्सिनाले जानकारी दिए ।

शिक्षा बिनाको जीवन अन्धकार र समुन्नत समाजको परिकल्पना गर्न नसकिने भएकोले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै ५० हजार बराबरको शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको उनले बताए । वडा अध्यक्ष न्यौपानेले अबको आवश्यकता आधुनिक प्रविधिमैत्री शिक्षा रहेको बताउदै शैक्षिक सामाग्री वितरणले बालबालिकाको विकास र सिकाई प्रकृयामा सहयोग पुग्ने धारणा राखे । कार्यक्रममा निर्माण सामाग्री व्यवसायी संघका कोषाध्यक्ष रोशन सापकोटा, सदस्यहरु प्रदिप तिवारी, सुरेश अर्याल, विद्यालयका शिक्षक लगायतको आतिथ्यता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *