सहकारीले बजारीकरणमा जोड दिनुपर्छः देवकोटा

हेटौंडा, बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगाउनुपर्ने बताएका छन् । मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजनामा भएको ६ दिने आधारभूत व्यवस्थापन तालिमको शुक्रबार समापन गर्दै देवकोटाले प्रवद्र्धन र विकासलाई जोड दिए मात्र सहकारी अगाडी बढ्ने बताएका हुन् ।

ADVERTISEMENT

‘आधारभूत व्यवस्थापन तालिमले सहकारीको व्यवस्थापन पक्षलाई सबल बनाउन सहयोग पु¥याउँछ । प्रदेशको ९ वटा जिल्लामा व्यवस्थापन तालिम सञ्चालन गरी समापनको क्रममा छौँ’, देवकोटाले भने, ‘सहकारी ऐन, नियमावली र नीतिगत रुपमा सञ्चालन भए सहकारी सुदृढ हुन्छ । संस्थालाई सुदृढ गराउनको निम्ति विषयगत सहकारीलाई तालिम सञ्चालन गराउनपर्छ ।’ पछिल्लो समय केही सहकारीले आर्थिक कारोबारमा हिनामिना गर्दा सहकारीप्रति वितृष्णा पैदा भएको उनले बताए । त्यस्ता सहकारीलाई कानूनको दायरमा ल्याउन राज्यलाई सहयोग गर्नुपर्ने र राम्रो गर्ने सहकारीलाई हौसला दिनुपर्ने उनको भनाई थियो ।

६ दिने तालिममा सिकेका कुरालाई संस्थामा कार्यान्वयन गर्न उनले आग्रह गरे । तालिममा सहभागी भएकाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेले जिल्लामा बहुउद्देश्यीयको संख्या कम भएकोले आर्थिक सहयोग गरिदिन बागमती प्रदेश सहकारी विकास बोर्ड समक्ष आग्रह गरेका थिए । ६ दिने तालिममा ११ जना व्यक्तिले सहजीकरण गरेका थिए । सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र कर्मचारीहरुलाई सहकारीका विभिन्न विषयहरुमा जानकारी दिने उद्देश्यका साथ आयोजित तालिम बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको सहयोगमा भएको हो ।

मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा तालिम समापन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya