मनहरीमा मानव बेचविखन बिरुद्धको सचेतनामुलक कार्यक्रम

हेटौंडा, मनहरी गाउँपालिकाले मानव बेचविखन बिरुद्धको सचेतनामुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार गाउँपालिकाले ९ वटै वडाका विद्यार्थीहरुलाई सचेतनामुलक प्रशिक्षण दिएको हो । कार्यक्रमका प्रशिक्षक राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका निमित्त कार्यालय प्रमुख उपसचिव पवन कुमार भट्टले प्रशिक्षण दिएका थिए ।

ADVERTISEMENT

मानव अधिकार तथा मानव बेचबिखनका घटना र यसबाट जोगिन नागरिकले जान्नु पर्ने कुराहरुको विषयमा जानकारी दिँदै प्रशिक्षक भट्टले आफ्नो टोल छिमेकमा यस्ता घटना हुन सक्ने भन्दै चनाखो रहन आग्रह गरे । नागरिकको नजिकको सरकार भएकाले स्थानिय सरकारले यस्ता कार्यक्रमलाई थप प्रभावकारी ढङ्गमा अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने उनको भनाई छ ।
सामाजिक विकास समितीका संयोजक अनन्त प्रकाश अर्यालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश सुवेदिको प्रमुख आतिथ्यता रहेको थियो ।

सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा १ नं वडाध्यक्ष शिव खनाल , मानव अधिकार आयोगका स्थानिय पदाधिकारीहरु र सयौँ विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *